onlinevisitnepal
Tuesday, December 14, 2021
Sunday, December 12, 2021
एमालेमा फेरि चर्कियो असन्तुष्टि: ओलीमाथि जाईलागे नेताहरू
अध्यक्ष केपी शर्मा ओलीले ‘बिनामापदण्ड’ राखेको प्रस्तावमा केन्द्रीय सदस्य मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन र कार्यविभाजन गरिएको भन्दै एमाले नेताहरू असन्तुष्ट बनेका छन् । ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्दा तथा ९९ सदस्यीय पोलिटब्युरो र ४५ सदस्यीय स्थायी कमिटी बनाउँदा छलफल नगरिएको भनी ओलीनिकट नेताहरूले समेत गुनासो गरेका छन् ।भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले नाम प्रस्ताव गरेलगत्तै उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीका साथै उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मापदण्डबिनै नाम आएको भन्दै विरोध जनाएका थिए ।
कम्तीमा १९ पदाधिकारीबीच छलफल गरेर मापदण्ड बनाउनुपर्थ्यो । त्यसो गर्दा सबैले चित्त बुझाउने ठाउँ हुन्थ्यो । पार्टीलाई सामूहिक नेतृत्वमा चलाउनुपर्छ,’ बैठकमा ज्ञवालीले भनेका थिए ।उपाध्यक्ष शाक्यले अध्यक्षको प्रस्तावले पार्टीमा न्याय नभएको भन्दै असन्तुष्टि जनाएकी थिइन् । ‘महत्त्वपूर्ण कमिटी गठन र केन्द्रीय सदस्यको मनोनयनमा अध्यक्षले सल्लाह गरेको भए सजिलो हुन्थ्यो । यसअघि छलफल र सल्लाह भएन । मूल्यांकनको परिपाटी हिजो थियो । आज त्यसलाई नजरअन्दाज गरियो,’ शाक्यको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।
शेखरको डरले झस्किए देउवा
नेपाली कांग्रेसमा सभापतिका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । सभापतिका लागि शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिले प्रतिस्पर्धा कडा बनाएका छन् । कोइरालाले जारी १४ औँ महाधिवेशनबाट कांग्रेसको नेतृत्व परिवर्तन गराएरै छाड्ने पनि दाबी गरेका छन्। बत्तीसपुतलीको अनुपम फुडल्याण्डमा कार्यकर्तालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसको नेतृत्व फेरिँदैमा सत्ता गठबन्धन नभत्किने पनि दाबी गरेका हुन्।
-
अध्यक्ष केपी शर्मा ओलीले ‘बिनामापदण्ड’ राखेको प्रस्तावमा केन्द्रीय सदस्य मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन र कार्यविभाजन गरिएको भन्दै...
-
नेपाली कांग्रेसमा सभापतिका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । सभापतिका लागि शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिले प्रतिस्पर्ध...